Wednesday, August 21, 2013

यौनको तिर्खा अब रोबोटले पूरा मेटिदिनेछ

यौनको तिर्खा अब रोबोटले पूरा मेटिदिनेछ



यौनसुखको कामना गर्ने मानिसहरुका लागि एउटा चामत्कारिक अवसर हात लाग्ने भएको छ । अब यौनप्यास मेट्न चाहनेहरुले रेड लाइट एरिया धाउनुपर्ने छैन । सुरक्षित रुपमा पूर्ण सन्तुष्टिका साथ यौन सम्बन्ध कायम गर्न पाइनेछ । यौनसुखका लागि मानिससँगै सहबास गर्नुपर्छ भन्ने वाध्यता पनि अब पर्नेछैन । किनकी वैज्ञानिकहरुले यस्तो रोबोटको परिकल्पना छन् जसले महिला होस् वा पुरुष दुबैलाई यौन सुख प्रदान गर्नेछ । न्युजिल्याण्डका वैज्ञानिकहरुका अनुसार यो प्रकारको रोबोटले यौनको क्षेत्रमा क्रान्तिकारी फड्को मार्नेछ र यसले सन् २०५० सम्ममा विश्वको यौन पर्यटन व्यवसायलाई ठूलो लाभ पूराइदिनेछ । सेक्स रोबोट नामक उक्त यन्त्रमानव मानिसको यौनको भोक सजिलैसँग मेटाउन सक्षम हुने बताइएको छ । तर रोबोटसँग यौनप्यास मेटाउन चाहनेले गोजी भने गरम नै पार्नुपर्ने हुन्छ ।

भिक्टोरिया विश्वविद्यालयका शोधकर्ता इयान यिओमेन र यौनविज्ञ मिसेल मार्सले रोबोटसँगको यौन सम्बन्ध सुरक्षित हुने दाबी गरेका छन् । शोधकर्ताले रोबोट मानिस र यौन पर्यटन नामक शोध एक जर्नलमा प्रकाशित गरेका छन् ।

शोधकर्ताहरुका अनुसार नेदरल्याण्डको एम्सटर्डममा यस्तो रोबोट सेक्स क्लब संचालनमा हुनेछ । युब यम नामको उक्त क्लबमा ग्राहकहरुले रोबोटबाट मसाज, सम्भोग तथा ल्याप डान्स समेत गर्न सक्नेछन् । तर यसको लागि एक पटकको १२ लाख रुपैयाँ भन्दा बढि रकम तिर्नुपर्नेछ ।
शोधकर्ताहरु भन्छन् उक्त क्लब एम्सटर्डमको रेडलाइट एरिया जस्तै हुनेछ । जहाँ विविध धर्म सम्बन्धि कामशूत्रका साथै उमेर, भाषा तथा यौनिक फिचर्सहरु राखिनेछ ।उक्त रोबोट जिवाणु प्रतिरोधी हुनेछ र सेक्स क्रिया पछि त्यसमा लागेको यौनिक रसलाई मज्जाले पखालिनेछ ।शोधकर्ताको यो कल्पना तथा अनुमान पूरा होला नहोला त्यो भने हेर्न बाँकी नै छ ।

सफल यौन जिवनका लागि यी ७ काम नगर्नुस !

तपाइँहरू आफ्नो बेडरुममा भएको बेला यी कुराहरु भुलेर पनि नगर्नुहोस् । यदि यी कामहरू गर्नुभयो भने तपाइँको सेक्स लाइफनै खतरामा पर्न सक्दछ ।

१. बेलुकीको खाना धेरै ढिला खाने काम नगर्नुसः
यदि तपाइँ बेलुकीको खाना धेरै ढिला खाने गर्नुहुन्छ भने यसले तपाईंको तौल मात्र बढाउने नभै तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउँदछ । त्यसैले बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु आवश्यक छ । खाना खाएको दुई घण्टापछि मात्र पार्टनरसँग बेडमा जाने तरखर गर्नु राम्रो हुन्छ ।

२. बिदाको बेलामा धेरैबेर समय सम्म नसुत्नुसः
तपाइँ साताभरीको सबै निद्रा बिदाको दिन त होनि भनेर पुर्याउने कुरा सोच्नुहुन्छ भने यसो नगर्नुस । शनिबार धेरैबेरसम्म सुतिरहनाले पनि तपाईंको सेक्स मुडमा शिथिलता ल्याउँदछ । बिदाको दिनमा धेरै समयसम्म सुत्नाले प्राकृतिक साइकलमा हानी पुग्ने भएका कारण तपाईंलाई अल्छी, शिथिल र सेक्सका लागि मुड नै नहुने समस्याले सताउनेछ । अरूबेला जति समयसम्म सुत्नुहुन्छ, त्यति समयमा नै उठ्ने प्रयास गर्नुहोस् यसो गर्नाले तपाइँलाइ फाइदा पुग्नेछ ।

३. पार्टनरसंग केही समय छुट्टै बस्नुहोसः
यदि तपाईं तथा तपाईंको पार्टनर एउटै अफिसमा काम गर्नेगर्नुहुन्छ र अफिसबाट पनि एकसाथ घर जानुहुन्छ भने केहि समयपछि तपाईंलाई बोर लाग्न सक्छ । यसका साथै सधैंभरि एकअर्काको साथमा नै हुनुहुन्छ भने त्यसले तपाइँलाइ असर पार्न सक्छ । यदि आफ्नो पार्टनरसँग सेक्सुयल इन्टिमेसी जगाउन चाहनुहुन्छ भने केहि समयको लागि एकअर्काबाट टाढा बस्नुहोस यसले गर्दा तपाईंले आफू फ्रेस भएको महसुस गर्नुहुनेछ र बेडरुममा तपाइँले केही राम्रो गर्न सक्नुहुन्छ ।

४. तपाईं पिल्स खानुहुन्छ ?
यदि तपाईं आफ्नो टाउको दुख्नासाथ औषधी खाने गर्नुहुन्छ भने एक सर्वेक्षणमा देखिए अनुसार हाइ ब्लड प्रेसर पिल्स र अरु साधारण औषधीहरुले सेक्सुयल डिजायर कम गर्ने गर्दछ । यसका साथै टेस्टोस्टेरोन लेभल पनि घटाउने गर्दछ । धेरैजसो महिलाहरुले गर्भ नरहोस् भनेर गर्भनिरोधक औषधीहरु दैनिक रूपमा खाने गरेको पाइन्छ । यदि तपाइँ बिरामी हुनुहुन्छ भने पिल्स खाँदा फरक पर्दैन तर पनि डाक्टरको सल्लाह अनुसार मात्र औषधी खाँदा राम्रो हुन्छ ।

५. निरन्तर व्यायाम नगरेमाः
हालै गरिएको अनुसन्धानहरूले देखाए अनुसार निरन्तर व्यायामका कारण तपाईंको सेक्स लाइफमा रौनकता थप्ने काम गर्दछ साथै कार्डियोभास्कुलरको काम र सर्कुलेसन पनि बढाउने कार्य गर्दछ । दैनिक व्यायाम गर्नुहोस वा आफ्नो बगैँचा वा अपार्टमेन्टमा डुल्नु भयो भने पनि यसले तपाईंलाई तनावबाट मुक्ति दिएर सेक्सको लागि मुड अन गर्नमा मद्दत गर्दछ । तर पनि अधिक व्यायाम भने राम्रो हैन ।

६. सुत्ने बेलामा समाचार पढ्ने गर्नुहुन्छः
यदि सुत्ने बेलामा अपराध, सेयर मार्केटको उतार–चढाव, प्राकृतिक प्रकोपका समाचारहरु मोबाइल, टिभी अथवा अनलाईनमा पढ्नुहुन्छ भने यसले तपाईंको दिमागमा तनाव पैदा गर्दछ । जसले बेडमा सेक्सी फिल गर्न अलि गाह्रो हुन्छ । तनावले टेस्टोस्टेरोन लेभल घटाउँछ । यसले तपाईंलाई सेक्समा मन नगएको महसुस गराउँदछ । यसका साथै ल्यापटप र मोबाइलमा ध्यान दिनु भनेको आफ्नो पार्टनरमा मन नजानु पनि हो । सुत्नुअघि इन्टरनेटमा ब्राउजिङ्ग गर्नुभन्दा मनतातो पानीले नुहाउने वा रोमान्टिक गीतहरु सुन्दा राम्रो हुन्छ । यसका साथै सुत्नुअघि आफ्नो पार्टनरसँग कुरा गर्ने बानी बसालेमा पनि यसले एकअर्कामा राम्रो सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउँदछ ।

७. पोर्न फिल्म तपाईंको प्रेरणा हो भनेः
तपाइँले आफ्नो पार्टनरका साथमा बेडमा केहि वाइल्ड गर्नु भनेको राम्रै हो तर त्यसलाई साँचो र प्राकृतिक बनाउन पनि निकै जरुरी छ । पोर्न फिल्मले तपाईंलाई धेरै आशा गर्ने बानी बसालिदिन्छ । तपाइँले माया र आदर हराउन नदिनुहोस् ।
सेक्सको भरिपूर्ण आनन्द लिन आफूले हेरेका भिडियोभन्दा आफ्नै शैली प्रयोग गर्नुहोस् । यसका साथै दिनदिनै आत्मियताका लागि गरिने कार्यहरु जस्तै किसिङ्ग र अंगालोले बेहेर्ने जस्ता कार्य गर्नाले पनि तपाईंको पार्टनरलाई केहि रमाइलो गर्न मन हुन्छ ।

यी उपायहरू अबलम्बन गरेमा तपाइँको यौन जिवन सफल हुने कुरामा कुनै शंका छैन ।

सेक्स गर्दा योनी कस्तो हुनुपर्छ ? योनी कसिलो बनाउने उपाय



महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्।वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ? यसबारे केही चर्चा गरौँ।
 
कसिलो योनी कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन्। महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँ लचकदार हुन्छ।

प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ। प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ। यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ। यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ। समय दिएर प्राक्क्रीडा गरेर योनीमा लिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छ, सम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ। यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ। खुकुलो योनी महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै योनी लचकदार हुन्छ। जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन्।

यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ। महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न। कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन्। यो पनि गलत धारणा हो। सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन। योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ। त्यही सानो योनीबाट बच्चा जन्मन्छ। बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ। यो नै योनीको विशेषता हो।केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ। यस्तो अवस्थामा योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ।

केगेल कसरत विधिः 
योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन्। यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ।केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ। यसलाई शुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्‍याउनुपर्छ। बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ। यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ। नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ। विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन्। अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ। तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो! यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पुर्‍याउन सक्छन्

सेक्स गदागर्दै लिंगमा चम्चा अड्किएपछि….. !


सेक्सका क्रममा बढी रोमान्स प्राप्त गर्ने हेतुले कतिपय अवस्थामा मानिसहरु अनेकन हरकत अपनाउन पछि पर्दैनन् । तर, कहिले–काँही मानिसका त्यस्ता हरकत उनीहरुका लागि खतरनाक समेत बन्न पुग्छ भन्ने कुराको ताजा उदाहरण अष्ट्रेलियामा हालैमा घटेको एक घटना बन्न पुगेको छ ।
अष्ट्रेलियाका एक ७० वर्षीय बृद्धले सेक्समा रोमान्सका लागि आफ्नो लिंगमा एक स्टीलको घरायसी काँटा (चम्चा) घुसाए । तर, रोमान्स परको कुरो, त्यही काँटा उनको लागि घातक सावित भयो ।
समाचारका अनुसार उक्त काँटा चम्चा उनको लिंगमा फस्न पुग्यो । बृद्धले काँटा बाहिर निकाल्न धेरै प्रयत्न गरे तर असफल भए । पीडाले उनको हालत नाजुक भयो ।
लगभग १२ घण्टासम्म ती बृद्ध पीडाले छट्पटिए । उनको लिंगबाट रगत बग्न थाल्यो ।
त्यसपछि उनीलाई क्यानबेरा अस्पताल पुर्‍याइयो, जहाँ चिकित्सकले बिना शल्यक्रिया नै उनको लिंगबाट काँटा बाहिर निकाले ।